पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ५ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यता थप २०२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९२९ पुगेको छ । यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्युसमेत भएको छ ।
पछिल्लो २४ घण्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।