माल्दिभ्सविरुद्ध नेपालको सानदार जित

वेलकम खबर
साउन ९, २०७९

काठमाडौं : साफ यु-२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ। भारतको भ वनेश्वरस्थित कालिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले सुखद सुरुवात गरेको हो।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले पराजित गरेको हो। नेपालका लागि दिपेश गुरुङले पहिलो गोल गरेका थिए। उनले ४१ मिनेटमा गोल गरेका थिए।

त्यस्तै सुगम सुवालले ५८ मिनेटमा दोस्रो गोल गरे भने तेस्रो गोल ६१ मिनेटमा कृतिश रत्न छुन्जुले गरे। उनले पेनाल्टीमार्फत् गोल गरेका हुन्।त्यस्तै मनग्य नकर्मी चौथो गोल गर्दै नेपालको जित सुनिश्चित गरेका थिए।नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ भने तेस्रो खेल भारतसँग ३१ जुलाईमा खेल्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*