एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी होइनन्: एमाले

वेलकम खबर
असार ३०, २०७९

काठमाडौं । नेकपा (एमाले) ले एम अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ । एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर नभएको पार्टीको कार्यालय सचिव डा. भीष्म अधिकारीले बुधबार राष्ट्र बैंकलाई पत्रमार्फत् प्रष्ट पारेका हुन् ।

गभर्नर अधिकारीले एम अधिकारीको नाम आर्थिक विभागको सदस्यमा रहेको भन्दै उनको आलोचना भएको छ ।

गभर्नर अधिकारीले आफ्नो नाम जोडर अनर्गल हल्ला फैलाइएको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखेर पठाएका थिए। पत्रमा आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने अधिकारीले स्पष्ट पारेका छन्।

गभर्नर अधिकारीको पत्रको जबाफ पठाउँदै एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर अधिकारी नभएको प्रष्टोक्ति दिएका हुन्। ‘सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति पार्टीको छैन’, भीष्म अधिकारीद्वारा पत्रमा उल्लेख छ।

पत्रमा एम अधिकारी गभर्नर अधिकारी नभएको स्पष्ट पारिए पनि ती व्यक्ति को हुन् भन्नेबारेमा भने खुलाइएको छैन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*