फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

वेलकम खबर
असार २०, २०७९

काठमाडौँ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ , हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ वृद्धि गरेको हो।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । त्यस्तै निगमले हवाई इन्धनको मूल्य १९० रूपैयाँ  कायम गरेको छ।निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ ।एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*