न्यूनतम मूल्यमै किन्न पाइन्छ दोस्रो बजारमा सेयर

वेलकम खबर
असार १९, २०७९

अहिले सेयर किन्ने र धैर्य गर्ने दुुवै वेला हो । मुुनाफा दिन सक्ने कम्पनीमा छानी–छानी लगानी गर्ने र त्यतिकै धैर्यता पनि अपनाउन अहिले जरुरी छ । बजार मूूल्य सस्तो हुुँदैमा हतारिएर किन्नुुहुँदैन, कम्पनीको अध्ययन र  विश्लेषण गरेर किन्दा फाइदा लिने उपयुुक्त समय पनि हो । – दिनेश शर्मा बिडारी, ब्रोकर–लगानीकर्ता

२ भदौ ०७८ मा झन्डै ३२ सयको बिन्दुमा पुगेर झरेको नेप्से सूचक ९ असार ०७९ मा १९ महिनाकै न्यून बिन्दु १८ सय ४८ दशमलव २८ मा रोकियो । त्यसपछि क्रमशः बढ्दै गरेको नेप्सेले अहिले दुई हजार बिन्दुको मनोवैज्ञानिक परीक्षण गरिरहेको छ । गत भदौदेखि हालसम्म ११ महिनाको अन्तरालमा नेप्से ३७ प्रतिशतले घट्न पुगेको छ ।

विशेष गरी चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा एक संस्थाबाट प्रतिव्यक्ति चार करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेसँगै त्यसको प्रभाव नेप्सेमा देखियो ।

बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ता आत्तिए । बजार बढ्ने छाँट नदेखिएको र राष्ट्र बैंकले पनि नीति परिवर्तन नगरेपछि लगानीकर्ता आन्दोलन हुुँदै अनशनसम्म बस्न बाध्य भए । लगानीकर्ताको निरन्तर प्रयासपछि नियामक निकायले आउने मौद्रिक नीतिमार्फत केही माग सम्बोधन गर्ने संकेत दिएको छ । जसले गर्दा नेप्से सूूचकमा सकारात्मक प्रभाव देखिन थालेको छ ।

तुुलसीराम ढकाल, अध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम

लगानीकर्ताले बुुझेर लगानी गर्ने सही समय आएको छ । असार मसान्त लाग्दै गर्दा कम्पनीहरूको केही महिनाभित्रै साधारणसभा सम्पन्न गरेर मुनाफा वितरण सुरु गर्न थाल्छन् । त्यसैले अहिले किन्ने र छोटो समयमा राम्रो आम्दानी गर्न सकिने सही वेला आएकाले सुुझबुुझ ढंगले लगानी गर्न सकिने वेला हो ।

बजार १९ सयको मनोवैज्ञानिक बिन्दुुको परीक्षणबाट उकालो लागेको छ । लामो समय घटेकाले कम्पनीको सेयर मूूल्य अहिले करिब न्यून बिन्दुमा रहेको लगानीकर्ता बताउँछन् । बजारभाउ निकै सस्तो भएकाले सेयर किन्ने उपयुुक्त मौका आएको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुुलसीराम ढकालले बताए । उनले भने, ‘असार मसान्त पनि आएको र अबको केही महिनाभित्रै कम्पनीहरूले मुनाफा वितरण गर्ने भएकाले अहिले सेयर किन्नुु दवै हातमा लड्डु पाउनु हो, यस्तो मौका कमै आउँछ ।’

आइपिओ नपरेर हैरान भएका लगानीकर्ता यतिवेला न्यून मूूल्य भएका कम्पनीको सेयर खरिद गर्न थालेका छन् । एक सयमा अर्को एक सय थप्दा दोस्रो बजारको सेयर किन्न पाइने हुँदा दोस्रो बजार प्रवेश गर्नेहरूका लागि उपयुक्त अवसर भएको आइपिओ भर्दै आएकी बालाजु बस्ने सकिना पोखरेलले बताइन् ।

‘मलाई दोस्रो बजारमा प्रवेश गर्न उपयुक्त मौका मिलेको छ, सुुरुवातमा दोस्रो बजारमा प्रवेश गर्न डर लाग्थ्यो, तर कम्पनीको मूूल्य सस्तो भएकाले केही कम्पनीको सेयर खरिद गरेकी छुु, नाफा हुन्छ भन्ने आस छ,’ उनले भनिन् ।

अहिले वाणिज्य बैंकहरूको सेयर मूूल्य दुुई सय रुपैयाँदेखि आठ सय ३५ रुपैयाँसम्म रहेको छ ।  तर, साना लगानीकर्ताले बजार घटेको छ भनेर हतारमा सेयर खरिद गर्नुभन्दा पनि बुुझेर, कम्पनीको विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने ब्रोकर दिनेश शर्मा बिडारीले बताए । ‘यो समय नाफा कमाउने समय र ‘पर्ख र हेर’को अवस्थामा पनि रहने वेला हो, धैर्य गरेर मात्र लगानी गर्न सके नाफा कमाउन सकिने वेला पनि यही हो,’ उनले भने ।

आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*