११ महिनामा पड्काएरै सकाए नेपालीले ४१ करोड

वेलकम खबर
असार १९, २०७९

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्ममा झण्डै ४१ करोड बराबरको १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यात सम्बन्धी विवरणले यस्तो देखाएको हो ।

विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट ४० करोड ८४ लाख ६७ हजार रकम बाहिरिएको छ । नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ । त्यस्तै यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार बराबरको रकम बाहिरिएको छ ।

यस्तै ११ महिनाको अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ । यस्तै कुरकुरे, कुरमुरे, लेज, चिजबल्स जस्ता खानेकुराको आयातसमेत करोडौँमा हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*