पूँजी बजारको सुधारको लागि बनेको उच्चस्तरीय समितिले बोलायो लगानीकर्तालाई

तीनवटा संगठनले दिए १८ बुँदे सुझाव
वेलकम खबर
असार १५, २०७९

काठमाडौ । पूँजी बजारको सुधारको लागि बनेको उच्चस्तरीय समितिले लगानीकर्ता सँगठनका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको छ। समितिले बोलाएपछि लगानीकर्ताका तीन संगठनले संयुक्त रुपमा १८ बुँदे सुझाव दिएका छन्।

उच्चस्तरीय समितिले लगानीकर्ताहरुलाई छलफलमा बोलाएको र लगानीकर्ता संगठनहरुले संयुक्त रुपमा १८ बुँदे सुझाव दिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मेरो लगानीलाई बताए।अर्थमन्त्रालयले पूँजी बजारको सुधारको लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्ड बोर्डको प्रतिनिधि रहने गरी बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यको संयोजकत्वमा उच्चस्तरीय सुझाव समिति गठन गरेको थियो।सोही समितिले लगानीकर्तालाई बोलाएपछि संयोजक विनयदेव आचार्यसहितलाई भेटेर इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिले संयुक्त रुपमा १८ बुँदे सुझाव दिएका हुन्।

तीनवटा संगठनले संयुक्त रुपमा ४(१२ को नीति खारेज हुनुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, पूँजीगत लाभकर घटाउनु पर्ने, शेयर धितो कर्जाको भारित औषत लागत घटाउनुपर्ने लगायतका सुझावहरु दिएका छन्।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*