१२ ब्रोकरलाई नेपालका २२ ठाउँमा शाखा खोल्न स्वीकृति (सूचीसहित)

वेलकम खबर
असार १३, २०७९

काठमाडौ । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) लाई काठमाण्डौ बाहिरका केहि स्थानहरुमा शाखा संचालनका लागि स्वीकृति प्रदान गरेको छ।

बोर्डले चारवटा सेयर ब्रोकरलाई काठमाण्डौ बाहिरका बिभिन्न सात स्थानमा शाखा संचालनको लागि स्वीकृति दिएको हो। यसरी स्वीकृति पाउनेमा भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, नेपाल स्टक हाउस रहेका छन्।

भिजन सेक्युरिटिजले कावासोती नवलपरासी, बेनी म्यादी, दमौली तनहुँमा गरि तीनवटा शाखा संचालनको लागि स्वीकृति पाएको छ भने अनलाइन सेक्युरिटिजले बट्टार नुवाकोट, दिपशिखा धितोपत्रले टांडी चितवन, नेपाल स्टक हाउसले बिदुर नुवाकोट तथा टिकापुर कैलालीमा शाखा संचालनको लागि स्वीकृति पाएका हुन्।

त्यस्तै धितोपत्र बोर्डले १० वटा सेयर ब्रोकरलाई देशका बिभिन्न ठाउँमा शाखा संचालनको लागि त्यहाँ पूर्वाधार तयार गर्नलाई स्वीकृति दिएको छ। १० वटा सेयर ब्रोकरले देशका बिभिन्न १५ वटा स्थानमा शाखा संचालनको लागि त्यहाँ पूर्वाधार तयार गर्नलाई स्वीकृति पाएका हुन्।

यसरी स्वीकृत पाउने ब्रोकर र स्थान  

अनलाइन सेक्युरिटिज प्रा. लि:  (मन्थली (रामेछाप), बर्दिबास (महोत्तरी), उर्लाबारी (मोरगं)),

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा. लि:  ( तानसेन (पाल्पा), भैरहवा (रुपन्देही))

दिपशिखा धितोपत्र कारोवार कम्पनी प्रा. लि:  ( लम्की (कैलाली), लाहान (सिरहा), चरिकोट (दोलखा))

मल्ल एण्ड मल्ल स्टक ब्रोकिंग कम्पनी प्रा. लि:  ( फिदिम (पाँचथर), इलाम)

सेक्युर्ड सेक्युरिटिज लि:  ( दमक (झापा))

त्रिशुल सेक्युरिटिज प्रा. लि:  ( कावासोती (नवलपरासी))

अक्सफोर्ड सेक्युरिटिज प्रा. लि:  (भुमही (नवलपुर))

दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा. लि:  ( कुस्मा (पर्वत))

जे. एफ. सेक्युरिटिज कम्पनी प्रा. लि:  ( तुल्सीपुर (दाङ))

डाइनामिक मनि म्यानेजर्स प्रा.लि:  (चितवन)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*