शेयर लगानीकर्ताको माग पुरा गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण

वेलकम खबर
असार ७, २०७९

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठमा समय माग गर्दै उनले शेयर बजारमा सुधारको सङ्केत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको हुँदा सरकारले तत्काल सुधार गर्न ध्यानाकर्षण गराएका हुन् ।

“एकजना नेताले शेयर बजार जुवाजस्तै हो भन्नुभयो, त्यसपछि अर्थमन्त्रीले लगानीकर्तासँग गरेको सम्झौता पनि कार्यान्वयन हुन सकेन,” सांसद भट्टराईले भने , “लगानीकर्ताले शेयरबजारको सुधार गर्न माग गर्दै तिलक कोइराला आमरण अनशनमा छन्, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।”

उनले नेपाल राष्ट्र बैंकले जोखिम उठाएर भए पनि आफ्नो गर्जो टार्ने माध्यमका रुपमा रहेको शेयर बजारमा सुधार ल्याउन जरुरी भएको उल्लेख गर्दै उनले भने , “राज्य यस्तो अवस्थामा बेवास्ता गरेर बस्न मिल्दैन ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*