मूल्यवृद्धि करिब ८ प्रतिशत

घिउ तेलको मूल्यवृद्धि सबैभन्दा उच्च
वेलकम खबर
जेष्ठ २७, २०७९

काठमाडौँ । वैशाख महिनामा मूल्यवृद्धि दर करिब ८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वैशाख महिनामा विन्दुगत उपभोक्ता मूल्यवृद्धि ९ मुद्रास्फीति० ७.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि जम्मा ३.६५ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मूल्यवृद्धि भने ५.८४ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।

२०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलको मूल्यवृद्धि सबैभन्दा उच्च छ । सो उपसमूहको मूल्यवृद्धि २४.८६ प्रतिशत छ । सोही अवधिमा फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशस् १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत रहेको छ । सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मूल्यवृद्धि क्रमशस् २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको छ । तथ्यांकअनुसार समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.१५, पहाडमा ७.८९ र हिमालमा ८.२१ प्रतिशत मुद्रास्फीति छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*