कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगको आग्रह

वेलकम खबर
जेष्ठ २०, २०७९

काठमाडौँ । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार विज्ञप्तिमार्फत निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका हुन् ।

यथाशीघ्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरुलाई आयोगबाट निर्देशन गरिसकिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै आयोगले निर्वाचन प्रक्रिया सुरु भइसकेपछी बीचमा रोक्न नमिल्नेभएकोले निर्वाचन प्रभावित गर्ने गरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनारलगायतका कार्यक्रम आयोजना नगर्नरनगराउन तीनै तहका सरकार, राजनीतितक दल र अन्य सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

वैशाख ३० मा भएको स्थानीय तहका निर्वाचनको परिणामपछि अहिले देशभर गाउँकार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*