वैदेशिक लगानी भित्र्याउन जग्गाको हदबन्दीमा पुनरावलोकन, ५० वर्षसम्म जग्गा लिजमा दिन सकिने
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ७९–८० को बजेट प्रस्तुत गर्दै वैदेशिक र गैरआवासीय नेपालीको लगानी भित्राउन जग्गाको हदबन्दी पुनरावलोकन गरी ५० वर्षसम्म जग्गा लिजमा दिन सकिने व्यवस्था मिलाइने बताएका छन् ।
विदेशी लगानीको न्यूनतम सीमा २ करोड कायम गरिने र १० करोडको लगानी स्वचालित प्रणालीबाट स्वीकृति गरिने भएको छ। ठूला लगानीका लागि ७ दिनभित्र प्रारम्भिक स्वीकृति दिइने भएको छ । लागानी स्वीकृति र उद्योग सञ्चालन सम्बन्धि प्रक्रिया ६ महिना भित्र मिलाइने भएको छ । यसबाट वैदेशिक लगानी ल्याउन सहयोग पुग्ने अनुमान गरिएको छ ।



















