सरकारको ऐतिहासिक निर्णय: अब लघुवित्त मार्फत सहुलियत कर्जाको व्यवस्था
वेलकम खबर
जेष्ठ १५, २०७९
सरकारले लघुवित्त मार्फत सहुलियत कर्जाको व्यवस्था गर्ने भएको छ। आर्थिक बर्ष २०७९०८० को बजेटमा लघुवित्त मार्फत सहुलियत कर्जाको व्यवस्था गरिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन्।
कृषि क्षेत्रको रुपान्तरणका लागि आगामी आर्थिक बर्षलाई ‘राष्ट्रिय अभियान बर्ष’ मनाइने र कृषि क्षेत्रमा सहुलियत कर्जा लघुवित्त मार्फत प्रदान गरिने अर्थमन्त्री शर्माले जानकारी दिएका हुन्।
पछिल्लो समय कृषिमा जाने सहुलियत कर्जा लघुवित्त मार्फत गरिनुपर्ने आवाज उठ्दै आएको थियो।



















