३ करोडको लगानीमा ठमेलमा खुल्यो बुटिक होटल
काठमाडौ । कोरोनाको महामारीका कारण थलिएको पर्यटन ब्यवसाय विस्तारै गति लिन थालेको छ । नेपालको विभिन्न ठाँउमा ठूलो लगानीमा धमाधम होटलहरु खुल्न थालेको हो । काठमाडौंको ठमेलमा तीन करोडको लगानीमा शुक्रवार देखि बुटिक होटल खुलेको छ ।

२२ कोठा भएको आर्कषण सेक्रेट बुकिट होटलको प्रतिनिधिसभा सदस्य तथा पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन शुक्रवार उद्घाटन गरेका छन । उद्घाटन गदै भट्टराईले होटलले पर्यटन ब्यवसायमा थप टेवा पुग्ने बताउदै थप सफलताको शुभकामनमा ब्यक्त गरका छन ।

विभिन्न पेशा ब्यवसायमा आबद्ध चार जनाको सयुक्त लगानीमा सो होटल सञ्चालनमा ल्याएको हो । ल्याड चितवन सञ्चालक शरद कुमार पाण्डे,सहकारी, हार्डवेयर,हाईड्रोपावर कम्पनी तथा लाउन्ज समेत सञ्चालन गरेका मोहन भट्टराई, सफल होटल ब्यवसायी तथा समाजसेवी भिम बोगटी र होटल पार्कल्याड तथा काठमाडौ ग्रान्ड होटल ठमेल, पोखरा लन्डी सर्भिस विकेन बोगटीको सयुक्त लगानीमा होटल सञ्चालनमा आएको हो ।

सुविधा जनक कोठाहरु भएको सो होटलमा एकै पटक सय जना सम्मको क्षमता रहेको उक्त होटल माथिल्लो तलामा रेष्टुरेन्ट रहेका छ ।




















