इटाली लगातार दोस्रोपटक विश्वकप खेल्नबाट बञ्चित

वेलकम खबर
चैत्र ११, २०७८

एजेन्सी । युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने भएको छ । नर्थ म्यासेडोनियासँग प्लेअफमा पराजित हुँदै इटाली विश्वकप छनोटबाट बाहिरिएको हो ।

खेलको ९२औँ मिनेटमा अलेक्सान्डर ट्राज्कोभस्कीले निर्णायक गोल गर्दै म्यासेडोनियालाई ऐतिहासिक जीत दिलाए । गोलसँगै म्यासेडोनियाको बेञ्चमा खुसियाली छाएको थियो भने इटालीका खेलाडी र कोचिङ स्टाफ घरेलु फ्यान अगाडि घुँडा टेकेका थिए ।

योसँगै इटाली लगातार दोस्रोपटक विश्वकप खेल्नबाट बञ्चित बनेको छ । जबकि आठ महिनाअघि मात्र रोबार्टो मान्चिनीको टोलीले इंग्ल्याण्डलाई वेम्बलीमा हराउँदै सन् २०२० को युरोकपको उपाधि जितेको थियो ।

यता म्यासेडोनियाले अब विश्वकपमा स्थान बनाउनका लागि पोर्चुगलको सामना गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*