अब सुन दैनिक १० केजी मात्रै आयात हुने
वेलकम खबर
फाल्गुन २३, २०७८
काठमाडौं – नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाएको छ । केन्द्रीय बैंकले आइतबार एक निर्देशन जारी गर्दै सुन आयातको दैनिक कोटा १० केजीमा झारेको छ ।
राष्ट्र बैंकले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो । आइतबार उक्त सिमा घटाएर १० केजीमा झारेको हो ।
पछिल्लो समय सुनको आयात बढ्दै गएको छ । मूल्य बढ्दा पनि आयातमा सुनको हिस्सा बढ्दै गएको छ। यसै कारण केन्द्रीय बैंकले सुनको आयातमा कडाई थालेको हो ।
यसअघि केन्द्रीय बैंकले चाँदीको आयातमा पनि कडाई गरेको थियो ।



















