शिवरात्री मेला तथा खेलको उद्घाटन योगेस भटराई गरे

वेलकम खबर
फाल्गुन २०, २०७८

मदन गौतम
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउपालिका साघुमा जलजले क्लबको आयोजनामा महाशिवरात्रीको अवसरमा सदाझै लाग्दै आएको मेला तथा पुरुष महिला फुटबल खेल यस बर्ष पनि फागुन १८ गतेबाट सुरु भएको छ ।


विभिन्न साँस्कृतिक कार्यक्रमका साथ शुरु भएको खृेलमा मेमोरियल पुरुष फुटबल प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य योगेस भटराईले गर्नु भयो । कार्यक्रममा प्रदेशसभा सदस्य होम कुमारी साँवा गाउपालिका अध्यक्ष राजन थत्लुङ तथा पर्यटन मन्त्रालयका शाखा अधिकृत प्रविनहाङ योङहाङ लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा ताप्लेजुङ तथा पाचथर , तेह्रथुम , धनकुटाका ८ वटा क्लबको सहभागिता रहेको छ । लिग चरणको पहिलो खेल पाहुना टिम महालक्ष्मी नगर खेलकुद विकास समिति धनकुटा र आयोजक जलजले क्लब बिचको प्रतिष्प्रधामा आयोजक शुन्य को विरुद्ध ४ गोल गदै सेमिफाईनल प्रबेश गरेको छ । यस्तै दोस्रो खेल कर्णसिह सोनाम स्पोटिङ क्लब ताप्लेजुङ र न्यु पाथीभरा स्पोटिङ क्लब पाचथर बिचको खेल निर्धारित समयमा बराबरी भएपछि ट्राइबेकरमा कर्णसिह सोनाम स्पोटिङ क्लब ताप्लेजुङ सेमिफाइनलमा पुगेको छ । यस्तै म्याङलुङ स्पोटिङ क्लब तेह्रथुम र सयपत्री स्पोटिङ क्लब कुम्बायक पाचथरको खेल ट्राइबेकरमा पुगेर म्याङलु स्पोटिङ क्लब सेमिफाईनलमा पुगेको छ । लिग चरणको अन्तिम खेल आयोजक रातो र साघुली फुटबल क्लब धनकुटा बिच भएको खेलमा साघुली फुटबल क्लब धनकुटा शुन्यका विरुद्ध १ गोलले जितेको छ । शुक्रवारबाट सेमिफाइनल तथा महिला फुटबल तथा ब्याडमिटन हुनेछन । विजेता टिमले २ लाख नगद सहित १ सय ४० ताला चादी जडित ट्रफि , मेडल प्रमाण पत्र र उपविजेताले १ लाख नगद सहित ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्नेछन । आयोजक गत बर्षको विजेता हो । उपविजेताको प्रायोजन पूर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य योगेश भटराईले विगतका बर्ष देखि गदै आउनु भएको छ यस बर्ष पनि यसलाई निरन्तरता दिनुको जलजले क्लबका सचिब चिरञ्जिबी चोङवाङले बताउनु भयो । मैवाखोला गाउपालिका राष्टिय फुल लालिगुरासको राजधानी र गुफापोखरी जस्ता पर्यटकीय क्षेत्र भएको पालिका हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*