फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

वेलकम खबर
फाल्गुन ८, २०७८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम प्रदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मटितेलमा ३/३ रुपैयाँ मूल्य बढाएको हो । त्यस अनुसार उपत्यकामा पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ, डिजेल प्रतिलिटर १२८ र मटितेल प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*