विदेशमा रहेका ९० प्रतिशत नेपालीले लगाए कोरोना खोप
काठमाडौं – कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपालीहरू अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघका अनुसार विदेशमा रहेका करिब ९० प्रतिशत भन्दा बढी नेपाली तथा नेपाली मूलका मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैगरी बेलायतमा बस्ने नेपालीहरू पनि कोरोनाविरुद्धको खोपमा अग्र स्थानमा रहेको हडर्सफिल्ड विश्वविद्यालयले जनाएको छ ।
विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक देखिए पनि मृत्यु हुनेको सङ्ख्या भने करिब १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको र मृत्यु हुनेको सङ्ख्या करिब १० प्रतिशत रहेको छ ।
विश्वभरको तथ्याङ्क अनुसार ६३ प्रतिशत मानिसले खोपको पहिलो डोज लगाएका छन् भने ५० प्रतिशतले दुवै डोज लगाइसकेका छन् ।



















