एक वर्षमा ११ खर्ब ८० अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य, ६ महिनामा उठ्यो ५ खर्ब ७६ अर्ब २४ करोड

वेलकम खबर
माघ ८, २०७८

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु ५ खर्ब ७६ अर्ब २४ करोड राजश्व सङ्कलन भएको छ ।

आफ्नो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितमा गठन भएको सरकारले छ महिना पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे जानकारी गराएका हुन् ।

चालु आर्थिक वर्षमा रु ११ खर्ब ८० अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म रु पाँच खर्ब ७६ अर्ब २४ करोड राजश्व सङ्कलन भएको जानकारी दिँदै प्रधानमन्त्रीले सङ्घ सरकारको सार्वजनिक खर्चतर्फ रु १६ खर्ब ३२ अर्ब ८२ करोड वार्षिक बजेटमध्ये पुस मसान्तसम्म रु पाँच खर्ब छ अर्ब ७८ करोड खर्च भएको बताए ।

मुलुकको द्रुततर विकासका लागि अन्तरराष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने नीतिअनुसार सरकारले बितेका छ महिनामा ७४ अर्ब वैदेशिक सहायता सम्झौता गरेको छ ।

अन्तरराष्ट्रिय मुद्राकोषबाट ४७ अर्ब २० करोड ‘बजेटरी’ सहयोग र खोपको लागि रकम व्यवस्था गर्न विश्व बैंक र एशियाली विकास बैंकबाट २७ अर्ब ७३ करोड सहायता प्राप्त गर्ने सम्झौता भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*