उपत्यकामा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू, छुट कस्लाई ?

वेलकम खबर
माघ ८, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । यो प्रणाली लागू भएसँगै अब काठमाडौं उपत्यकाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सार्वजनिक र निजी सवारीसाधनहरु ९दुईपांग्रेसहित० चलाउन पाइन्छ ।

प्रशासनले अत्यावश्यक सवारीसाधन र ढुवानीका साधनमा भने जोरबिजोर प्रणाली लागू नहुने स्पष्ट पारेको छ । जसअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल र शववाहनमा यो प्रणाली लागू हुने छैन ।

त्यस्तै ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारीसाधन र निर्माण सामग्री बोक्ने सवारीसाधनमा पनि जोरबिजोर लागू हुने छैन । तर, यी सवारीसाधन चालक र सहचालकबाहेक अन्यले यात्रा गर्न पाउने छैनन् ।

यसैगरी परिचयपत्रका आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा कम्पनी, डाक तथा कुरियर सेवा, दूरसञ्चार सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारीसाधनमा जोरबिजोर लागू नहुने प्रशासनले स्पष्ट पारेको छ ।

सूचना तथा प्रसारण विभागवाट जारी प्रेस पास र पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारीसाधन, सरकारी सवारीसाधन तथा कूटनीतिक नियोगका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*