५ कम्पनीले पाए सवा एक अर्बको आईपीओ जारी गर्ने अनुमति

वेलकम खबर
माघ ७, २०७८

काठमाडौं । साढे पाँच महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५ कम्पनीलाई सवा एक अर्ब रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ ।

बोर्ड अध्यक्ष पद खाली भएको करिब ५ महिनासम्म कुनैपनि कम्पनीले कम्पनीले आईपीओ अनुमति पाउन सकेका थिएनन् । धित्रोपत्र बोर्डले गत साउन १४ गते सामलिङ्ग पावरलाई सेयर जारी गर्न अनुमति दिएयता बोर्डले बुधबार ५ कम्पनीलाई आईपीओ अनुमति दिएको हो ।

बोर्ड सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले एकै पटक पाँच कम्पनीलाई १ अर्ब २१ करोड ६ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६ हजार ६९० कित्ता सेयर बिक्रीका लागि अनुमति दिने निर्णय गरेको छ ।

बोर्डबाट आईपीओ बिक्रीको अनुमति पाउने कम्पनीहरुमा ग्रीन भेञ्चर लिमिटेड र बलेफी हाइड्रोपावर कम्पनी गरी दुई जलविद्युत कम्पनी तथा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो लघुवित्त समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड गरी तीन लघुवित्त कम्पनी रहेका छन् ।

ग्रीन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँको बराबरको ६२ लाख ५० हजार कित्ता, बलेफी हाइड्रोपावर कम्पनीको ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।

यस्तै राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता र जल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर बिक्रीका लागि बोडबाट अनुमति पाएको छ ।

सबैजसो कम्पनीले सर्वसाधारणका लागि र केहीले स्थानीय सहित सर्वसाधारणका लागि सेयर जारी गर्न बोडसँग मागेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*