थपिए ६ हजार ७३४ जनामा संक्रमित, परिक्षण गरिएको मध्ये ४० प्रतिशतमा कोरोना संक्रमण पृष्टि

वेलकम खबर
माघ ३, २०७८

काठमाडौं:  पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ। १७ हजार ४६५ जनाको कोरोना परीक्षण गर्दा करिब ४० प्रतिशतमा संक्रमण देखिएको हो। परीक्षण गरिएका नमुनामध्ये ३८.५५ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो।

त्यसैगरि ५४७ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ। साथै संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ३६० जनाले खोप लगाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*