काठमाडौं उपत्यकामा एकैदिन भेटिए १२ सय ८६ कोरोना संक्रमित

वेलकम खबर
पुस २८, २०७८

काठमाडौं । एकैदिन काठमाडौं उपत्यकामा मात्रै १२ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर परीक्षण विधि र र एन्टिजेन परीक्षण विधिबाट देशभरमामा दुई हजार ४४४ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा मात्रै ५२।६१ प्रतिशत संक्रमित पुष्टि भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा भक्तपुरमा ८५, ललितपुरमा २२१ काठमाडौंमा ९८० जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार ९८० जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म दुई लाख ५९ हजार ४४२ जनामा कोरोना पृष्टि भएको छ । जसमा दुई लाख ५३ हजार ६७९ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या २२ सय ४२ पुगेको छ। सक्रिय संक्रमित तीन हजार ५२१ रहेका छन् ।

भक्तपुरमा अहिलेसम्म ३० हजार ७१० जनामा कोरोना पुष्टि भएको छ । जसमा २९ हजार ५७३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ४३८ पुगेको छ। भने सक्रिय संक्रमित ६९९ जना रहेका छन् ।

ललितपुरमा अहिलेसम्म ५२ हजार १०५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ५० हजार ३०६ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ७०९ छ भने एक हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*