पाँच महिनामा वैदेशिक व्यापार ६३.५५ प्रतिशत वृद्धि

वेलकम खबर
पुस ९, २०७८

काठमाडौं – चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब पुगेको छ ।

भन्सार विभागद्वारा जारी पछिल्लो तथ्याङ्कानुसार गत आवका तुलनामा आयात ५९ दशमलव ५५ प्रतिशतले बढेको छ । गत आवको पहिलो पाँच महिनामा रु पाँच खर्ब २५ अर्ब मूल्य बराबरको आयात भएकामा चालू आवको मङ्सिर मसान्तसम्म रु आठ खर्ब ३८ अर्ब पुगेको छ ।

त्यस्तै गत आवको पहिलो पाँच महिनाका तुलनामा चालू आवको निर्यात १०५ दशमलव ६१ प्रतिशतले बढेको छ । गत आवको मङ्सिर मसान्तसम्म रु ५० अर्ब पाँच करोड बराबरको निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा रु एक खर्ब दुई अर्ब बराबरकोे निर्यात भएको छ ।

विभागकाअनुसार चालू आवको पहिलो पाँच महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भए तापनि मुलुकको व्यापार घाटा भने अघिल्लो आवको तुलनामा ५४ दशमलव ७ प्रतिशतले बढेर रु सात खर्ब ३५ अर्ब पुगेको छ । गत आवको पहिलो पाँच महिनामा व्यापार घाटा रु चार खर्ब ७५ अर्ब थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*