४ महिनामा ४९ अर्ब २ करोडको डिजेल आयात
काठमाडौं । कार्तिक महिनासम्मको तथ्याँक हेर्दा डिजेल, सोयाविन तेल, पाल्म तेल, पेट्रोल र ग्याँस सबैभन्दा धेरै आयात भएको देखिन्छ ।
यस अवधिमा डिजेल सबैभन्दा धेरै ४९ अर्ब २ करोड रुपैयाँ बराबरको आयात भएको छ भने सोयाविन तेल ३३ अर्ब ६६ करोड रुपैयाँको आयात भएको छ। यस्तै पाल्म तेल २४ अर्ब ६१ करोड रुपैयाँको आयात भएको छ भने पेट्रोल २४ अर्ब १० करोड रुपैयाँको आयात भएको छ ।
यसैगरी, एलपि ग्याँस पनि २३ अर्ब ११ करोड रुपैयाँको आयात भएको छ। पाँच महिनामा १८ अर्ब ८६ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ भने चाँदी पनि १२ अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ ।
यस्तै निर्यात तर्फ सोयाविन तेल सबैभन्दा धेरै ३० अर्ब ५५ करोड रुपैयाँको निर्यात भएको छ । यस अवधिमा आयात हुने सामानबाट सरकारले २ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।



















