१० लाख कित्ता शेयर निष्काशनको अनुमतिका लागि सुपरमाई हाइड्रोपावरले दियो बोर्डमा आवेदन

वेलकम खबर
मंसिर २३, २०७८

काठमाडौं ।  सुपरमाई हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

आईपीओ निष्काशनको लागि कम्पनीले मंसिर २० गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

facebook sharing button

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*