टेन्डरमा सहकारीको मनोमानी, अख्तियारमा परयो उजुरी
काठमाडौं । मोरङ सुन्दर हरैचा नगरपालिका एक सहकारीले टेन्डर निकालेर मनोमानी गरेको पाईएको छ । सुन्दर हरैचा नगरपालिका वडा ८ मा रहेको सलकपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको नाममा रहेको जग्गा विक्री गर्न निकालेको टेन्डरमा मनोमानी गरेको हो । सो सहकारीले सोही नगरपालिका ७ मृगौलिया ७ को किता न २५७ को ७ कठ्ठा जग्गा विक्रिका लागि गत कार्तिक ५गते शिलबन्दी पत्र आबहान गरेको थियो सो शिलबन्दी पत्रमा न्युनतमा ५६ लाख कायम गरी सो १० प्रतिशतको बैङ्ग भौचर निवेदन र टेन्डर पत्र जम्मा गर्न भनिएको थियो सोही बमोजिम दुई जना मृगौलिया ७ बस्ने हरिमाया श्रेष्ठ र यसोदा सिंखडाले टेन्डर दाबी गरेका थिए । टेन्डरमा श्रेष्ठले ५८ लाख ५ हजार ६०० को दाबी सहित १० प्रतिशतको भौचर सहित निवेदन टेन्डर जम्मा गरेका थिए भने अर्का सिंखडाले टेन्डरमा ५९ लाख ५९ हजार दाबी पेश गरेको तर बैङ्क भौचर भने ५६ लाखको १० प्रतिशत मात्र जम्मा गरेको कारण सो टेन्डर नियमत स्वत श्रेष्ठलाई दिनुपर्नेमा सो टेन्डर अर्का सिंखडालाई दिन नमिलेपछि सहकारीले टेन्डर रद्ध गरेको हरीमाया श्रेष्ठका छोरा अनिल श्रेष्ठ बताए उनले भने टेन्डर हाल्दा गत १६ गते एउटा मात्र खाम थियो तर २३ गते टेन्डर खोल्दा समितिको मिलेमतोमा दुईबटा खाम निकालेर किर्ते गरेको आरोप समेत श्रेष्ठले लगाएका छन । उनी हाल न्यायका लागि सवैतिर हार गुहार गरी रहेका छन । सिंखडा सोही सहकारीको जग्गा विक्रि छनौट समितिका संयोजक भानु सुवेदी र ब्यवस्थापकका शान्तिराम सुवेदीको आफन्त रहेको समेत श्रेष्ठले बताए ।
श्रेष्ठ विहिवार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा न्याय तथा निष्पक्ष छानविन गरी माग गदै उजुरी समेत दिएका छन । यस सम्बन्धमा सो सहकारीका संयोजक सुवेदीसँग टेलिफोन कुराकानीमा आफनो गल्ती भएको भन्दै सो टेन्डर रद्ध गरी अर्का टेन्डर निकाल्ने बताए उनले भने नगरपालिका मेयरसँग कुरा भयो अब अर्को टेन्डर गछौ उनले भने ।




















