अब निगमको टिकटबाटै युरोप, अष्ट्रेलिया र एशियामा हवाई यात्रा गर्न पाइने

वेलकम खबर
कार्तिक २६, २०७८

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ ।

नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो । सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ ।

निगमका अनुसार सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने छ । सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने निगमको भनाइ छ ।

टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ । टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*