६० लाख डोज फाइजरको खोप किन्न स्वीकृति
काठमाडौं । सरकारले ६० लाख डोज फाइजरको खोप किन्न स्वीकृति दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोप किन्नका लागि गरेको प्रस्तावलाई सोमवार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिने निर्णय गरेसँगै खोप ल्याउने बाटो खुलेको छ ।
१८ वर्षसम्मका बालबालिकाका लागि लगाउन ६० लाख डोज खोप आगामी डिसेम्बरभित्र ल्याउने स्वास्थ्य मन्त्रालयको योजना छ । नेपालमा कोभ्याक्स सुविधामार्फत आएको १ लाखभन्दा बढी डोज फाइजरको खोप यही २८ गतेदेखि १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घरोगीलाई दिइँदै छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार खोप लगाउनयोग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेकाले यसै अनुसार सरकारले तयारी अघि बढाएको छ ।



















