एमाले सचिव योगेश भट्टराई अस्वस्थ, बीर अस्पताल भर्ना

वेलकम खबर
कार्तिक ५, २०७८

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई अस्वस्थ भएका छन् । उनलाई वीर अस्पताल भर्ना गरिएको छ ।सचिव भट्टराईको स्वकीय सचिव प्रेम गुरागाईँले स्टाटस लेख्दै उच्च ज्वरो कम नभएपछि अस्पताल भर्ना गरिएको जनाएका छन् ।विगत केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराईलाई ज्वरो नघटेपछि अस्पताल भर्ना गरिएको हो ।चिकित्सकको सल्लाहअनुसार ७ दिनसम्म भेटघाट पूर्ण रुपमा बन्द गरिएको गुरागाईँले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*