ताप्लेजुङको आठराई त्रिवेणीले अनुमान गरेको भन्दा दोब्बर बढी राजश्व सङ्कलन 

वेलकम खबर
असार २६, २०८२

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुमानित गरेको भन्दा दोब्बर  बढी राजश्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०८१। ०८२ मा ३५ लाख राजश्व संलकन गर्ने अनुमान थियो तर आर्थिक वर्ष समाप्त हुँदा  अर्थात असार २५ गते भित्रका ७५ लाख ४० हजार ७०१ रुपैयाँ संलकन गरेका गाउँपालिका अध्यक्ष दिपेन पोमुले जानकारी दिनुभयो । अध्यक्ष पोमुले उहाँले चालु आवमा चालु तर्फ विनियोजित खर्च ५९.९९ प्रतिशत अनुमान गरेकोमा आ.व समाप्त हुँदा ८४.२ प्रतिशत र त्यस्तै पुँजीगत तर्फ ४०.०१ प्रतिशत  अनुमान गरेकामा ६५.३ प्रतिशत उपलब्धि हासिल गरेको बताउनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*