साफ च्याम्पियनसिप : अधुरै रहयो नेपालको सापना, भारतलाई आठौं पटक उपाधि

वेलकम खबर
अशोज ३१, २०७८

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान १–१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिए खेलमा भारतले ४९औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको हो । ५०औं मिनेटमा सुरेशले गोल गर्दा भारत २–० ले अगाडी रह्यो । ९० मिनेट पछि थपिएको मिनेटमा बैकल्पिक साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।

यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जितेको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना अधुरै रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*