नेपालको आर्थिक बृद्धिदर २०२२ मा ३.९ प्रतिशतले हुने प्रक्षेपण
काठमाडौं – विश्व बैंकले सन २०२१-२२ मा नेपालको आर्थिक बृद्धिदर ३.९ प्रतिशतले हुने प्रक्षेपण गरेको छ ।
कोरोनाका कारण खस्किएको अर्थतन्त्र पुर्नस्थापनाको क्रम जारी रहेकाले गत आर्थिक वर्षमा १।८ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा बढेर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ ।
विश्व बैंकका अनुसार सन २०२२-२३ मा नेपालको आर्थिक आर्थिक बृद्धिदर ४.३ प्रतिशत पुग्ने अनुमान छ । कोभिड विरुद्धको खोप अभियानका साथै आर्थिक गतिविधिहरुमा आएको बढोत्तरीले अर्थतन्त्र सुधारन्मुख रहेको उल्लेख गरेको छ ।
गत असारपछि लकडाउन खुला हुँदै गएको र यस वर्ष आर्थिक गतिविधि पनि वृद्धि भएका कारण चालू आर्थिक वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण विश्व बैंकको छ ।
सरकारले चालू आर्थिक वर्षमा पनि ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । चालू आर्थिक वर्ष २०७८/७९ का लागि एडीबीले ४.१ प्रतिशत वृद्धिदर प्रक्षेपण गरेको छ ।



















