डिभीमा आवेदन दिदा ध्यान दिनु पर्ने ५ कुरा

वेलकम खबर
अशोज २१, २०७८

काठमाडौं । सन् २०२३ को लागि अमेरिकी डाइभर्सिटी भिसा ९डीभी० को आवेदन गएरातिदेखि खुलेको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार डीभीका लागि आवेदन कात्तिक २३ गतेसम्म दिन सकिने छ । दूतावासले आवेदन दिँदा विभिन्न पाँच कुराहरूमा ध्यान दिन आग्रह गरेको छ ।

दूतावासले निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्न, आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण उल्लेख गर्न, विगत ६ महिनाभित्र खिचिएको फोटो प्रयोग गर्न, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्न, स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरूका लागि शुल्क नतिर्न सुझाव दिएको छ ।

डीभीको आवेदनका लागि कुनै पैसा नतिर्न आग्रह गर्दै अमेरिकी दूतावासको वेबसाइटमा गएर थप जानकारी लिन सकिने दूतावासले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*