खाद्य व्यापार कम्पनीद्वारा साढे ३८ लाखको चामल विक्री

वेलकम खबर
अशोज २०, २०७८

 काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करीब साढे ३८ लाख बराबरको चामल विक्री वितरण गरेको छ ।

यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट रू. ३८ लाख ५९ हजार बढीको चामल विक्री भएको हो । जम्मा ३९ जिल्लाका ४३ विक्री केन्द्रबाट १८ सोमवारसम्म ५३० क्विन्टल चालम विक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।

उनका अनुसार यो वर्ष कम्पनीले सहुलियत पसलमा ८ थरिका चामल विक्रीका लागि राखेको छ । जसमध्ये स्टिम जिरा मसिनो चामलको विक्री सबैभन्दा बढी छ । कम्पनीले काठमाडौं उपत्यकामा रहेका चारओटा विक्री कक्षसँगै अनलाइनमार्फत समेत खाद्यान्नको विक्री वितरण गर्दै आएको छ ।

त्यस्तै, ३४१ किलो कर्णालीको सिमी, २७२ किलो क्वाँटी, १९९ किलो मुग खोस्टा दाल, दुई हजार ६९५ किलो रहर दाल, तीन हजार ३५७ किलो मुसुरो दाल र तीन हजार ६५२ किलो मासको दाल विक्री भएको न्यौपानेले जानकारी दिए ।

यस्तैगरी, एक हजार २७५ किलो तीते फापर, सात ५२ किलो आयो नून, ५४२ किलो गहुँ, एक हजार २०० किलो चिनी र एक हजार ३७८ किलो आँटा विक्री गरेको कम्पनीले जानकारी दिएको छ ।

दुई हजार ८४७ लिटर सूर्यमुखी तेल, एक हजार २४९ लिटर तोरीको तेल, चार हजार १८६ लिटर भटमास तेल र आठ हजार २९२ लिटर डिडिसीको घ्यू विक्री भएको कम्पनीले बताएको छ ।

कम्पनीले दशैँका लागि प्रति किलो खसी तथा बोकामा रू. दश छूट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ विक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रू. पाँच तथा भटमासको तेल र सिमीमा रू. १० छूट दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*