विदेशी मुद्रा सटहीमा कडाइ, एक महिमा ३९ अर्ब नकारात्मक

वेलकम खबर
अशोज १४, २०७८

काठमाडौं । रेमट्यान्स र अन्य माध्यमबाट आउने विदेशी मुद्रा सञ्चिति घटपछि नेपाल राष्ट्र बैंकले विदेश यात्रामा पाइने सटही सुविधामा नियन्त्रण शुरू गरेको छ । नेपाल आयात हुने व्यापारसँगै भुक्तानीमा चाप बढेपछि नेपाल राष्ट्र बैंकले बुधबारदेखि विदेशी मुद्रा सटहीमा कडाइ गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।

मुलुकमा भित्रिने रकम भन्दा मुलुकबाट बाहिरिने रकम बढ्दा साउन महिनामा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले नकारात्मक बनेको थियोे । राष्ट्र बैंकले विदेश जाने प्रमाण पु¥याए राहदानीको प्रतिलिपि राखी बढीमा दुई हजार डलरसम्म सटही सुविधा दिन निर्देशन दिएको छ ।

असार महिनामा करिब सवा अर्ब रुपयाँले मात्र सकारात्मक रहेको शोधनान्तर स्थिति एक महिनाकै अवधिमा नै ३९ अर्बले नकारात्मक भएको बताइएको छ । नेपालीहरूको महानचाड दशैं, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा वैदेशिक रोजगारमा रहेका नेपाली कामदारले रेमिट्यान्सको परिमाण बढाउने आंकलन गरिएको छ ।

विदेशी लगानी, अनुदान र नेपाल आउने पर्यटक घटेपछि वैदेशिक रोजगारीमा रहेका कामदारको कमाई नै डलरको सञ्चिति बढाउने माध्यम बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*