मध्य भोटेकोशीले असोज २० गतेबाट ९० लाख कित्ता आईपिओ निष्कासन गर्ने
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असोज २० गतेबाट साधारण सेयर ९आईपिओ० निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कुल ९० लाख कित्ता सेयर निष्काशन गर्ने भएको हो ।
जसमा ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कम्पनीका कर्मचारीहरुका लागि छुट्ट्याइएको छ भने ५ प्रतिशत अर्थात ४ लाख ५० हजार सामुहिक लगानी कोषहरुले पाउनेछन् । बाँकि ८१ लाख ९० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।
आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिने छ ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो ।
कम्पनीको पहिलो चरणको आयोजना प्रभावित हरुका लागि छुट्याइएको आईपीओको बाँडफाँड सोमबार सम्पन्न भएको छ ।



















