कोरोना बीमाको दाबी भुक्तानी रकम निकासा हुन अझै ढिलाई हुने संकेत

वेलकम खबर
भदौ २८, २०७८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दाबी भुक्तानी वापतको रकम निकासा हुन अझै ढिलाई हुने संकेत गरेका छन् । प्रतिस्थापन विद्येयकको बारेमा पत्रकार सम्मेलनमा उनले रकम निकासामा ढिलाई हुने संकेत गरेका हुन् ।

अर्थमन्त्री शर्माले कोरोना बीमाको दाबी भुक्तानीको दायित्व सरकारमा ठुलो परेको बताए । ‘सरकारको भागमा ११ अर्ब रुपैयाँ पुगिसकेको छ । अझै दैनिक दायित्व थपिने क्रम छ,’ उनले भने, ‘एक दुई अर्ब रुपैयाँ भए हामी दिन्थ्यौ । अब एक दुई अर्ब रुपैयाँ पनि कसलाई दिने कसलाई नदिने भन्ने कुरा हुन्छ ।’

त्यस विषयलाई गम्भिर रुपले लिएको बताउँदै उनले विस्तारै छलफल गरेर अघि बढ्ने बताए । कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरु, निर्जीवन बीमा, बीमा समिति र बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*