तेह्रथुमको छथर गाउँपालिकामा एकल पुरुषलाई वार्षिक पाँच हजार भत्ता
वेलकम खबर
साउन २९, २०७८
तेह्रथुम, । छथर गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी गाउँपालिका भित्र रहेका ६० वर्षमाथिका एकल पुरुषलाई वार्षिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो । गाउँपालिकाले ४३ जना जेष्ठ एकल पुरुषहरुलाई घरघर पुगेर भत्ता वितरण गरेको छ ।



















