अभियान कृषि सहकारीले गरेको खेलकुदमा यी भए बिजेता
काठमाडौं । असार पन्ध्र दहिचिउरा खाने साउन पन्ध्र खिर भन्दै अभियान कृषि सहकारी संस्थाले साउन १५ मा विविध कार्यक्रम गरेर मनाएको छ । सहकारीले कृषकहरुलाई भेला गरी खिर खादै थानकोटमा विविध खेलकद कार्यक्रम गरी मनाएको हो ।
सो अवसरमा विभिन्न खेलहरु म्याराथन,छेलो हान्ने, चिठ्ठा लगायतका कार्यक्रम गरिएको थियो । जसमा छेलोहान्ने प्रतियोगितामा दोर्चि शेर्पा प्रथम भएका थिए । त्यस्तै चिठ्ठा कार्यक्रममा सोममाया लिम्बुले पाईप एकरोल,कल्पना गुरुङ बेल्चा एक थान,पासाङफुटी शेर्पाले गम्बुट फुपुग्याबु शेर्पाले त्रिपाल निमाग्याबु शेर्पाले गम्बुट जितेका थिए ।

त्यस्तै एक डाँडाबाट अर्को डाँडामा करिब ५ हजार मिटर दौडमा पुरुष तर्फ सलिन लिम्बु प्रथम,अनिल केसी दोश्रो,सन्तोष रेग्मी तेस्रो स्थान प्राप्त गरेका थिए । महिला तर्फ भने लाक्पा शेर्पा प्रथम,प्रमिला बलामी दोश्रो र कल्पना गुरुङ तेस्रो भएका थिए ।
त्यस्तै अर्को डोरी तान्ने खेलमा चाबहिल बौद्ध टीम,प्रथम र काभ्रेस्थली दोश्रो भएका थिए भने महिला तर्फ हरिसिद्धी प्रथम र चावहिल बौद्ध दोश्रो स्थान प्राप्त गरेका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा पूर्व सासद रामनन्द मण्डल,अभियान कृषि सहकारीका केन्द्रिय सचिव सत्यराम गिरी ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवा नेकपा एमाले नेता शिवकु्मार गुरुङ लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता सो सहकारीका अध्यक्ष छिरिङ लामाले गर्नु भएको थियो । कार्यक्रममा चार सय भेला भएको आयोजकले जनाएको छ ।



















