सर्वोत्तमको शेयर खरिद प्रकरण : नेप्सेलाई सोध्यो अर्थ मन्त्रालयले स्पष्टीकरण, ३ दिन भित्र जवाफ दिन माग

वेलकम खबर
साउन १५, २०७८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड पछि अर्थमन्त्रालयले नेपाल स्टक एक्चेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले आफ्नी श्रीमतिको नाममा सर्बोत्तम सिमेन्टको १० हजार कित्ता सेयर खरिद गरेको सम्बन्धमा सत्यतथ्य के हो भनि तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको हो ।

यस अघि नै अर्थमन्त्रालयले धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको कम्तीमा ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा राखेको भेटिएको समाचार सार्बजनिक भएपछि बोर्डलाई स्पष्टिकरण सोधेको थियो ।

अर्थ मन्त्रालयले विभिन्न संचारमाध्यममा प्रकाशित भएका बोर्डसँग  सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै संचार माध्यममा आएका ती बिषयबस्तुको सम्बन्धमा तथ्य यथार्थता के हो, सोको यथार्थ तथ्यपरक विवरण तीन दिनभित्र बुझाउन भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*