घरमै पुगि वृद्धभत्ता वितरण

वेलकम खबर
साउन १३, २०७८

काठमाडौं । हरिनास गाउँपालिकाले ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गरेको छ । दूरदराजमा रहेको उक्त गाउँपालिकाबाट वृद्धभत्ता लिन सदरमुकामको बैंकमा जानुपर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्दैआएका थिए ।

वृद्धभत्ता लिनका लागि जिल्ला सदरमुकास्थित बैंकमा जाँदा धेरै दुःख पाएको गुनासो वृद्धवृद्धाले गरेकाले घरमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको बताइएको छ । गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमसमेत सञ्चालन गरी गाउँगाउँमा पुगेर जनताको समस्या समाधान गर्दै आएको बताइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले वर्षाका  बेला जिल्ला सदरमुकामसम्म जाँदा समस्या हुने भएकोले कुमारी बैंकसँग समन्वय गरेर गाउँघरमै वृद्धभत्ता वितरण गर्ने व्यवस्था मिलाइएको समाजिक सुरक्षा भत्ताका लागि परिचयपत्रसमेत गाउँघरमै पुगेर नवीकरण गरिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*