लाइसेन्सको आवेदन र ट्रायल परिक्षा खुलाउने तयारी, कहिलेबाट ?

वेलकम खबर
साउन ७, २०७८

काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाका शैक्षिक संस्था स्कुल तथा कलेज सञ्चालनमा आएको दिन लाइसेन्स आवेदन र ट्रायल परिक्षा खुलाउने निष्कर्ष निकालेको छ ।

यस अघि साउन पहिलो सातादेखि खुलाउने तयारी भएको लाइसेन्स आवेदन कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआईसकेको भन्दै प्रशासन र विभागबीच भएको छलफलमा शैक्षिक संस्था खुलेको दिन लाइसेन्स आवेदन पनि खुलाउने निर्णय भएको हो ।

नेपालमा पहिलो चरण कोरोना भाइरस फैलिएको समयमा पनि १० महिना बन्द भएको लाइसेन्स आवदेन स्कुल कलेज लगायतका सबै शैक्षिक संस्था सञ्चालन भएपछि मात्रै सवारी चलाक अनुमति पत्र ९लाइसेन्स० खुलेको विभागले जनाएको छ ।

खुलेको ४ महिनामा समेत सञ्चालन हुन नसकेको लाइसेन्स आवेदन यो बर्ष दशै तिहारपछि मात्रै खुल्ने संभावना रहेको छ । लाइसेन्स परिक्षा नहुने भएपनि त्रिभुवन विश्वविद्यालयले रोकिएका र हुन बाँकी रहेका परिक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

कोरोनाको कारण बीचमै लाइसेन्स आवेदन र ट्रायल परिक्षा रोकिएका कारण लाखौंको संङ्ख्यामा प्रयोगात्मक परिक्षाको पर्खाइमा छन भने कतिपयको निषेधाज्ञाकै समयमा यातायात भिजिट डेट, ट्रायल मिति तोकिएको थियो । यातायातले दिएको मिति केटेपछि सेवाग्राही अन्योलमा परेका छन ।

ट्रायल परिक्षालाई सरलिकृत गर्ने गरी ल्याइएको अंक प्रणाली पनि गत असारदेखि नै कार्यान्वयनमा आएपनि सेवा बन्दै अवस्थामा रहेकाले औपचारीक रुपमा सुरु हुन सकेको छैन । अर्कोतर्फ यातायात विभागको कमजोरीको कारण स्मार्टकार्ड भित्र्याउन सकेको छैन ।

स्मार्टकार्ड अभावले हाल स्मार्टलाइसेन्स छपाई पूर्णरुपमा बन्द छ भने उपत्यकाको यातायात कार्यालयमा एक बर्षको लागि परिक्षणकालिन लाइसेन्स सेवाग्राहिलाई उपलब्ध गराउन थालिएको छ । फोटो : रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*