घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, प्रतिलिटर कति ?
वेलकम खबर
असार ३१, २०७८
काठमाडौं । नेपाल आयल निमगले तेलको मूल्य घटाएको छ । इन्धनको मूल्य बढेको विरोधमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै मूल्य घटाएको हो ।
निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य १-१ रूपैयाँले घटाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ११ रूपैयाँ पर्नेछ ।



















