साउन ५ गतेबाट चार करोडको आईपिओ निष्काशन गर्दै तेह्रथुम पावर

वेलकम खबर
असार २८, २०७८

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले साउन ५ गतेबाट जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागेको हो ।

जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको छ । यस्तै सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावि क्षेत्रका स्थानिय बासिन्दाहरुले आगामी साउन ५ गते देखि छिटोमा साउन १९ र ढिलामा भदौ २ गतेसम्ममा आईपिओमा आवेदन दिनु पर्ने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेकोमा थियो ।

कम्पनीले असार १० गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*