भोकमरीबाट प्रत्येक मिनेट ११ जनाको मृत्यु हुँदा कोरोनाबाट ७, जुट्न सकेन रकम
वेलकम खबर
असार २६, २०७८
काठमाडौ । विश्वमा भोकमरीबाट प्रत्येक मिनेट ११ जनाको मृत्यु भइरहेको बताइएको छ । बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले सार्वजनिक प्रतिवेदनले यस्तो देखाएको हो ।
अक्सफामको‘दि हङ्गर भाइरस मल्टीप्लाइज’ प्रतिवेदनले कोरोना भाइरसका कारण भन्दा भोकमरीबाट मर्नेको संख्या ठूलो रहेको जनाएको छ । कोरोनाबाट विश्वमा प्रत्येक मिनेट सातजनाको मृत्यु हुने गरेको छ ।
साथै भोकमरीमा परेका गरिबको सहयोगको लागि रकम जुट्न नसकेको पनि जनाइएको छ ।



















