कोलम्बियालाई हराउदै अर्जेन्टिना फाईनलमा
वेलकम खबर
असार २३, २०७८
काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । एक एक गोलको बराबरीपछि भएको पेनाल्टी सुटआउटमा कोलम्बियालाई ३-२ गोलले पराजित गरी अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले तीनवटा पेनाल्टी रोकेका थिए । अब फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्नेछन् ।



















