प्रधानमन्त्री ओलीले गरे माथिल्लो तामाकोशी जलविद्युतको भर्चुअल उद्घाटन

दोलखाबासी सबै तामाकोसीका सेयरधनी
वेलकम खबर
असार २१, २०७८

दोलखा  । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गरेका छन् । उक्त आयोजनाले आजबाट बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको र प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता प्रवक्ता डा गणेश न्यौपानेका बताए । आयोजनाले सोमबार विद्युतगृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले गत शनिबार ढल्केबरदेखि न्यू खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको प्रवक्ता न्यौपानेको भनाई छ । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो । माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ ।

सुरुवाली लागत ३५ अर्ब डलर रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत बढेर झण्डै ८० अर्बको हाराहारी पुगेको छ ।

दोलखाबासी सबै तामाकोसीका सेयरधनी

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रभावित दोलखाबासी सबै शेयरधनी भएका छन् । सेयर बाँडफाँडमा सबै दोलखालीले अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर पाएका छन् । कम्पनीको २०७५ साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखाबासीहरुका लागि सेयर आवेदन संकलन भएको थियो ।

सेयर बाँडफाँड बमोजिम दोलखावासीले न्यूनतम ३० कित्तादेखि अधिकतम १०३ कित्तासम्म शेयर पाएका छन् । प्रति कित्ता एक सय दरको तामाकोशीको शेयर सवैभन्दा कम पाउनेले ३ हजार र अधिकतम पाउनेले १० हजार २ सय बराबरको शेयर पाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*