बैंकिङ कसूरमा ४ दिन कैद र ९२ लाख जरिवाना ठहरपछि फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी आइतबार अदालतमा बुझाएको हो ।
उच्च अदालत पाटनको फैसलाले १४ दिन कैद र रु ९२ लाख जरिवाना हुने ठहर भएर फरार हुँदै आएका मोरङ घर भई काठमाडौँको बालाजु बस्ने शक्ति भुजेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनले विसं २०७६ मा विभिन्न व्यक्तिलाई अष्ट्रेलिया पठाइदिन्छु भनी रकम लिएको र पर्याप्त मौज्दात नहुँदानहुँदै पनि पीडितलाई चेक काटेर दिएका थिए ।
उनको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५९१० बमोजिम सजाय हुने फैसला भएको थियो ।
उनलाई काठमाडौँको बोहोराटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आइतार नै ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जानकारी दिएको छ ।



















